आज बस्दै नेकपाको सचिवालय बैठक

 भदौ १, २०७७ सोमबार ६:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । 

सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि सुरु भएको छ । 

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो । 

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुभएको थियो । 

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावमा सहमति जनाउनु भए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताउनुभएको थियो । बैठक बिहान साढे ९ बजे बालुवाटारमा बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Teklal Bhusal

    Aug. 17, 2020, 7:30 a.m.

    परारै बैठक, पाेहाेर बैठक,हिजाे बैठक,आज बैठक,भाेली बैठक,पर्सि बैठक यीनीहरु बाचुन्जेल बैठक, तर सबै बैठक कुर्चिकै भागबन्डामा सिमीत जनताकाे लागि देश बिकासकाे र निकासकाे लागि बैठक कहिले के त यीनीहरुकाे नैतिकतामा प्ररस्न किन नउठाउने मैले?

  •  0 Reply

तपाईको प्रतिक्रिया