दाङ : पानीमा डुबेर दुई बालिकाको ज्यान गयो

 भदौ २, २०७७ मंगलबार २१:१०:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  खेल्ने क्रममा पानीमा डुबेर दाङमा दुई बालिकाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका १७ काे गैरागाँउका मनोज चौधरीकी १५ महिनाकी छोरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा घर नजिकैको कुलाेमा डुबेर बालिकाको ज्यान गएको हो ।  

यसैगरी गढवा गाउँपालिका ४ खजरौटाका महोमद रजा मियाकी एक वर्षीया छोरीको खेल्ने क्रममा बाल्टीमा राखिएको पानीमा डुबेर ज्यान गएको हो ।  

दुवै घटनामा पानीमा डुबेर घाइते भएका बालिकाहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत १९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया