दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने शहीद मार्ग सडक हस्तान्तरण नहुँदै जीर्ण

 भदौ ४, २०७७ बिहिबार १२:१:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने शहीद मार्ग सडक हस्तान्तरण नहुँदै जीर्ण बनेको छ । ४६ करोड रुपैयाँ खर्च गरेर सडक फराकिलो पार्दै कालोपत्रे गरेको सडक हस्तान्तरण नहुँदै जीर्ण बनेको हो । 

सडक छेउ भएर पानी बग्ने नाली नहुँदा र क्षमताभन्दा धेरै भार बोकेका टिप्पर चलाउँदा सडकको कालोपत्रे एक वर्षमै धुलो बनेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको भनाइ छ । 

सिल प्यासिफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४६ करोड रुपैयाँमा यो सडक कालोपत्रे गरेको थियो । आफूले पाउनु पर्ने ६ करोड बजेट अझै नपाएको र  अब सडक बनाउन नसक्ने कम्पनीका इन्जिनियर दिनबन्धु काफ्लेले बताउनुभयो ।

तर शहीद मार्ग आयोजनाका कार्यालय प्रमुख विष्णुबाबु पाण्डेले भने सडक अहिलेकै अवस्थामा हस्तान्तरण हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया