अछाममा बाढीले बगाएका ११ जनाकाे अवस्था अझै थाहा हुन सकेन

 भदौ ४, २०७७ बिहीबार २०:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – अछामकाे कैलाश खोलामा आएको बाढीले बगाएका मध्ये ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

बुधबार रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले १७ जनालाई बगाएकोमा ६ जनाको शव भेटिएको छ । बाँकी ११ जनाको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

भेटिएका ६ मध्ये तीन जनाको शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारमा व्यापार गर्दै आएका १७ जनालाई मङ्गलबार राति आएको बाढीले बगाएकाे थियाे । 

बाढीले बगाउनेमा चन्द्रबहादुर साउद, बसुन्धरा साउद, नन्द सिंह साउद, गंगा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमरबहादुर साउद, पवित्रा शाह, समिर शाह, लालसरा शाह, वसन्ती शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेकाे गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया