काठमाण्डौ उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्रै खुल्दै

 भदौ ५, २०७७ शुक्रबार ७:२८:४ | उज्यालो सहकर्मी

काठमाण्डाै - कर्मचारीलाई प्रहरीले बाटैमा रोकेपछि हिजो बन्द भएका काठमाण्डौ उपत्यकाका बैंक आज फेरि खुल्दैछन् ।

बैंक खोल्न हिँडेका कर्मचारीलाई प्रहरीले रोकेको र अपमान गरेको भन्दै बैंकर्स संघले हिजो काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा कुनै पनि बैंक खोलेको थिएन । तर दिउँसो प्रशासनसँगको छलफलमा बैंक जान हिँडेका कर्मचारीलाई प्रहरीले नरोक्ने सहमति भएपछि आजदेखि बैंक फेरि खुल्न लागेका हुन् ।

तीनवटै जिल्लामा हरेक बैंकका एक/एक शाखा मात्रै खुल्ने बैंकर्स संघले जनाएको छ । हरेक बैंकका बढीमा ३० जना कर्मचारी मात्रै कार्यालय पुग्नेछन् । बैंकले सकभर विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेका छन् । धेरैजसो कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाएको उनिहरुको दावी छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया