दक्षिण कोरियाको राजधानी सियोलका विद्यालय बन्द गर्न आदेश

 भदौ ९, २०७७ मंगलबार १८:५८:३६ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरिया - दक्षिण कोरियाको सरकारले कोरोना भाइरस सङ्क्रमणको दर बढेको भन्दै राजधानी सियोलमा सबै विद्यालय र किण्डरगार्टन बन्द गर्न आदेश दिएको छ । झण्डै दुई सय कर्मचारी र विद्यार्थी ग्रेटर सियोल क्षेत्रमा पछिल्लो दुई हप्तामा सङ्क्रमित भएका छन् । 

दक्षिण कोरियाको शिक्षा मन्त्रालयले आउँदो ११ सेम्टेम्बरसम्म वैकल्पिक शिक्षा कार्यक्रम चलिरहने बताएको छ । स्वास्थ्य विभागका अधिकारीहरुले देश राष्ट्रव्यापी सङ्क्रमणको अवस्थामा उभिएको चेतावनी दिएका छन् । 

ग्रेटर सियोल क्षेत्रमा झण्डै साढे दुई करोड विद्यार्थी छन् । अब उनीहरु अनलाइनमार्फत पठनपाठन गर्नेछन् । हाई स्कुलका अन्तिम वर्षका छात्र, जो आउँदो डिसेम्बरमा युनिभर्सिटीको प्रवेश परीक्षा दिने तयारीमा छन्, उनीहरु मात्र अनलाइन कक्षामा सहभागी हुने छैनन् । 

कोरिया टाइम्सका अनुसार ६० भन्दा कम विद्यार्थी र विशेष शिक्षा दिइरहेका विद्यालयलले भने मन्त्रालयको आदेश पालना गर्ने कि नगर्ने भन्नेबारेमा छुट दिइएको छ । दक्षिण कोरियामा धेरैजसो विद्यालय २० मे र १ जुनको बीच सङ्क्रमणको दर कम भएपछि खोलिएको थियो । 

जोन्स हप्किन्स युनिभर्सिटीका तथ्याङ्कअनुसार दक्षिण कोरियामा अहिलेसम्म तीन सय १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ भने १७ हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया