कोइरालाको नाममा विवाद भएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित

 भदौ १०, २०७७ बुधबार १२:४६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय वाणिज्य बैंकको बुधबार बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ । 

बुधबारको सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहनुभएका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठक नै स्थगित भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । 

मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहनुभएका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो । 

कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै सोमबारदेखि चर्को विरोध भइरहेको छ ।

उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउन सरकारले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाएको छ । 
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • AllenDaf

    Aug. 27, 2020, 4:57 p.m.

    Hurry up to look into loveawake.ru you will find a lot of interesting things

  •  0 Reply

तपाईको प्रतिक्रिया