आँधी र कोरोना भाइरसलाई लिएर किम जोङले चेतावनी दिए

 भदौ १०, २०७७ बुधबार १३:४२:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ अनले कोरोना भाइरस महामारी र आँधीबाट क्षति हुन सक्ने भन्दै तयारी अवस्थामा रहन उत्तर कोरियाली अधिकारीहरुलाई चेतावनी दिएका छन् । 

उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी पछि उनी पार्टीको बैठकमा उपस्थित भएका हुन् । 

उत्तर कोरियाले अहिलेसम्म कसैमा पनि कोभिड–१९ को सङ्क्रमण भएको पुष्टि गरेको छैन र एक ठूलो प्रकोपको प्रभावले देशलाई विनाशतर्फ धकेल्ने बताएका छन् । 

यसैबीच यो हप्ताको अन्त्यमा उत्तर कोरियामा ताइफून बाभी (आँधी) आउन सक्ने अपेक्षा गरिएको छ । 

मङ्गलबार पार्टीको पोलिटब्युरो बैठकमा उत्तर कोरियाली नेता अन (जो धुम्रपान गर्दै बोलिरहेका थिए) ले कोरोना भाइरस र यही हप्ताको अन्त्यतिर प्रवेश गर्ने भनिएको आँधीबाट बच्न निर्देशन दिएका हुन् । 

उत्तर कोरियाको राजधानी प्योङयाङले लामो समयसम्म देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको थियो तर पर्यवेक्षकले भने यसमा आशङ्का गरेका थिए । 

एक जना संदिग्ध बिरामी भेटिएपछि दक्षिण कोरियाको एक सीमावर्ती शहरमा लकडाउन गरिएको थियो तर कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको थिएन । 

लामो समयसम्म सार्वजनिक नभएपछि र आफ्नी बहिनी किम यो जोङलाई आफ्नो अधिकार सुम्पिएपछि किम जोङको स्वास्थ्यलाई लिएर अफवाह फैलिएको थियो । 

उत्तर कोरियाली नेताको स्वास्थ्यको बारेमा अड्कलबाजी असामान्य होइन तर अहिलेसम्म सधैँ गलत साबित भएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया