पल पोग्बालाई कोरोना भाइरसको सङ्क्रमण

 भदौ ११, २०७७ बिहिबार १९:५१:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानचेस्टर युनाइटेडका फुटबलर पल पोग्बालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना पुष्टि भएपछि २७ वर्षीय मिडफिल्डर आउँदो हप्ता हुने फ्रान्सको यूईएफए नेसन्स लिगको खेल गुमाउने भएका छन् ।  

टोटनह्यामका मिडफिल्डर टाङ्गे एनदोम्बेले, पोग्बाको राष्ट्रिय टिमका खेलाडीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि १४ दिन सेल्फ आइसोलेशनमा बस्ने छन् । 

फ्रान्सका प्रमुख प्रशिक्षक डिडेर डेस्च्याम्पसले नेसन्स लिगको लागि टोली सार्वजनिक गर्ने क्रममा पोग्बामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।

फ्रान्सले नेसन्स लिगमा आउँदो सेप्टेम्बर ५ मा स्विडेन र सेप्टेम्बर ८ मा क्रोएशियासँग खेल्नेछ । 
 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया