अमेरिकाको लुइजियाना आँधी, चार जनाको ज्यान गयो

 भदौ १२, २०७७ शुक्रबार ९:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीका कारण चारजनाको ज्यान गएको छ। 

लउरा नामक आँधीकाे कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ । 

झण्डै २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया