स्वस्थ बालबालिकामा कोरोनाको गम्भीर संक्रमण ‘दुर्लभ’, मृत्यु झनै ‘दुर्लभ’

 भदौ १२, २०७७ शुक्रबार ११:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वस्थ बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण हुने सम्भावना कम हुने अनुसन्धानकर्ताले बताएका छन् । 

बेलायतका अनुसन्धानकर्ताले स्वस्थ बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ हुने गरेको र संक्रमणकै कारण हुने मृत्यु झनै दुर्लभ रहेको बताएका बीबीसीले जनाएको छ । 

द ब्रिटिश मेडिकल जर्नलले इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका एक सय ३८ कोरोना अस्पतालमा रहेका १९ वर्षमुनिका ६ सय ५१ बालबालिकामा गरेको अध्ययनले बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ र मृत्यु झनै दुर्लभ पाइएको जनाएको हो । 

अनुसन्धानका अनुसार अस्पतालमा भर्ना भएका ६ जना बालबालिकाको ज्यान गएको र यो मृत्युदर एक प्रतिशत हुन आउँछ । अनुसन्धानले कोरोनाका कारण ज्यान गुमाएका ती बालबालिकामा पहिलेदेखि नै कुनै न कुनै किसिमको गम्भीर स्वास्थ्य समस्या रहेको पनि देखाएको छ । 

जनवरी १७ तारिखदेखि जुलाई ३ तारिखसम्म अस्पताल भर्ना भएका बालबालिकामा गरिएको अध्ययनले स्वस्थ बालबालिकालाई कोरोनाले गम्भीर असर नपार्ने देखाएको हो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया