भारतमा एकैदिन ७७ हजारभन्दा धेरै सङ्क्रमित, एक हजार बढीको ज्यान गयो

 भदौ १२, २०७७ शुक्रबार १३:३९:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा शुक्रबार कोरोना भाइरसका ७७ हजार दुई सय ६६ जना नयाँ सङ्क्रमित भेटिएका छन्  ।

भारतमा दिनप्रतिदिन सङ्क्रमण बढ्दो छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३० लाख ३९ हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । तर वर्ल्डाेमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ ।

यस्तै भारतमा शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ६१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा धेरै निकाे भएर घर फर्किएकाेमा अझै सात लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

राेयटर्स टेलीका अनुसार भारतमा गएकाे ७ अगस्टदेखि हरदिन विश्वमै सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाे छ । अमेरिका र ब्राजिलपछि भारत काेराेना भाइरसबाट प्रभावित देशकाे तेस्राे स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया