बाइडन राष्ट्रपति बने भने अमेरिकी सपना ध्वस्त हुनेछ : ट्रम्प

 भदौ १२, २०७७ शुक्रबार १५:११:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको लागि रिपब्लिकन पार्टीको मनोनयन स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै ट्रम्पले आफू एक्लैले समाजवाद, अराजकता र अतिवाद जस्ता शक्तिको विरुद्ध पर्खाल बनेर उभिने बताउनुभएको छ ।

‘तर डेमाक्र्याटिक पार्टीका प्रतिद्वन्दी जो बाइडन आउँदो नोभेम्बरमा चुनिए भने यो उनको अभियान हुनेछ ।’

ट्रम्पले बाइडन विजयी हुँदा देशको वर्तमान सङ्कट अझ बढ्नेमा जोड दिनुभएको छ । ट्रम्पले राष्ट्रपति आवास भवनलाई राजनीतिको लागि प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेको बेला ट्रम्पले ह्वाइट हायसको साउथ लनमा उपस्थित भएर यस्तो बताउनुभएको हो ।  

रिपब्लिकन राष्ट्रिय सम्मेलनको चौथो र अन्तिम रातमा ट्रम्पले भन्नुभयो, ‘हामी अमेरिकी सपनालाई बचाउँछौँ कि एक समाजवादी एजेण्डाले आफ्नो मेहनतबाट बनाइएको भाग्य बर्बाद गर्ने अनुमति दिन्छौँ, यो चुनावले नै तय गर्नेछ ।’

‘हामी कानुन पालना गर्ने अमेरिकी नागरिकको रक्षा गर्छाैँ कि आफ्नो नागरिकलाई धम्काउने हिंसक, अराजक, आन्दोलनकारी र अपराधीलाई खुला छुट दिन्छौँ, यो चुनावले तय गर्नेछ’, उहाँले भन्नुभएको छ । 
कोरोना भाइरस महामारीकै बीच ट्रम्पले एक हजारभन्दा धेरै व्यक्तिको अघि आफ्नो भाषण दिनुभयो । उहाँको अघि दर्जनौँ अमेरिकाका झण्डा फहराइरहेको थियो र नारा पनि लगाइएको थियो– ‘अझै चार वर्ष’ र ‘यूएसए’ 

तर अर्काे चार वर्षे कार्यकालको माग गरिरहेका ट्रम्पको सक्रियता बढिरहेको छ । यही तरिकाबाट ट्रम्पले पहिलो चुनाव जित्नुभएको थियो । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति पदमा उहाँले अपराध र हिंसा समाप्त गर्ने वाचा गर्दै विजयी हुनुभएको थियो । 

ट्रम्पले भाषणकै क्रममा ‘बाइडनको अमेरिकामा कोही पनि सुरक्षित नरहने’ बताउनुभएको छ ।

त्यसलगत्तै बाइडनले एक ट्वीट गर्दै लेख्नुभएको छ, ‘ट्म्पले भाषणको क्रममा बाइडनको अमेरिकामा सुरक्षित हुँदैनौँ भनिरहँदा ट्रम्पको अमेरिकामा तपाईँ कति सुरक्षित महसुस गरिरहनुभएको छ ?’

ट्रम्पको भाषण बाइडनको पछिल्लो हप्ताको भाषणभन्दा निकै बेग्लै थियो । महामारीको समयमा बाइडनले लगभग खाली स्टेडियममा भाषण दिनुभएको थियो, जसलाई प्रत्यक्ष प्रसारण गरिएको थियो । 

ट्रम्पको भाषणमा मानिसको भिड कुर्सीमा केही इन्चको दुरीमा बसेका थिए । स्वास्थ्य विशेषज्ञका सल्लाहपछि पनि शारीरिक दुरी वा मास्कको प्रयोग कमै देखिएको थियो ।    

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया