रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न

 भदौ १२, २०७७ शुक्रबार १८:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि ८ गतेसम्म खुलाएको प्रारम्भिक शेयर निष्कासन आईपीओको बाँडफाँड भएको छ ।

एक सय अङ्कित दरका ५६ लाख ७० हजार कित्ता शेयरकोे बाँडफाँड तथा निष्कासन बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको हो ।

कम्पनीको  प्रारम्भिक शेयर निष्कासनमा पाँच लाख ८९ हजार चार सय ६४ आवेदकबाट दुई करोड २९ लाख २६ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो । तीमध्ये एक हजार नौ सय ५५ आवेदककाे ७१ हजार पाँच  सय ९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् । 

पाँच लाख ८७ हजार पाँच सय नौ योग्य आवेदकमध्ये गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा पाँच लाख ६७ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । अब ६३ लाख कित्ता शेयरमा पाँच लाख ६७ हजार दुई सय ४३  शेयरधनी कायम भएका छन् ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया