सही ज्ञानले मात्र कोरोनाबाट जोगिन सकिन्छ : विज्ञ

 भदौ १४, २०७७ आइतबार १७:२८:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोनाबारेमा जति धेरै सही जानकारी पाइन्छ रोग नियन्त्रणका लागि त्यति नै सजिलो हुने विज्ञहरुले बताएका छन् ।

नौ महिना अघि चीनबाट शुरु भएको भाइरसले विश्वका साढे दुई करोड भन्दा धेरैमा सङ्क्रमण हुनुको साथै आठ लाख ४७ हजार भन्दा धेरैको ज्यान गइसक्दा पनि सही ज्ञानको अभावमा सङ्क्रमण फैलिरहेको उनीहरुले बताएका छन् ।

सत्य जानकारी भन्दा भ्रम बढी फैलिएकोले पनि आम मानिसमा सहि ज्ञान नहुँदा समस्या थपिदो छ । कतिपय कुराहरु पहिले भनिएका भन्दा फरक तथ्यहरु भेटिएका छन् । यस अघि दुई मिटरको दूरी कायम गर्न भनिएको भएपनि पछिल्लो समयमा हावामा यो भाइरस बढी समय बाँच्छ र खोक्दा वा हाच्छ्यूँ गर्दा निस्किएका मसिना छिटा टाढासम्म पुग्छ भन्ने थाहा भएकोले दुई मिटरको दूरी सङ्क्रमणबाट जोगिन उपयुक्त नहुने विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।

यस्तै धेरै सङ्क्रमितहरुलाई लक्षण देखिएको छैन वा उनीहरुलाई सामान्य लक्षण देखिन्छ । बाल्यकालमा लगाइएका अन्य खोप वा अन्य कोरोना भाइरसको कारण निर्माण भएका टी–सेलले काम गरेको हुन सक्ने विज्ञहरुले बताएका छन् । यसको कारण हामीमध्ये धेरैमा यस विरुद्धको प्रतिरोधी क्षमता भएको हुन सक्छ ।

यस्तै कोरोनाले सिकिस्त बिरामी हुँदा रगत बाक्लो हुने र विभिन्न अंग बिग्रने डर हुने थाहा भएकोले त्यही लक्षण अनुसार उपचार गर्न सजिलो भएको छ । कोरोनाको कारण मानिसहरुको मानसिक शारीरिक स्वास्थ्यमा नराम्रो असर परेको छ ।

नेपालमा पनि महामारीसँगै गरिएको लकडाउनका कारण यस्तो समस्या बढेको छ । युवा तथा महिलाहरुमा मानसिक समस्या बढ्नुको साथै आत्महत्याको घटना समेत बढेका छन् । मानसिक समस्या बढ्नुको कारण पनि सही जानकारी नभएकोले नै भएको भन्दै विज्ञहरुले कोरोनाको बारेमा सही जानकारी मात्र लिन र दिन आग्रह गरेका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया