लद्दाखमा चिनियाँ सैनिकले सहमति उल्लङ्घन गरेको भारतको आरोप

 भदौ १५, २०७७ सोमबार १७:२३:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतले चिनियाँ सैनिकहरुले पूर्वी लद्दाखमा सीमामा गरिएको सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । 

चिनियाँ सैनिकहरुले उक्साहट कदम उठाउँदै सीमाको अहिलेको स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर त्यसलाई आफ्नो सेनाले रोकेको भारतले दाबी गरेको छ । 

भारतीय सेनाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सैनिकहरुले प्योङयाङ त्सो पोखरीमा चिनियाँ सैनिकको उक्साहटलाई रोका छन् । भारतीय सेना संवादको माध्यमबाट शान्ति कायम गर्न र आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यो विवादलाई लिएर ब्रिगेड कमाण्डर स्तरमा बैठक जारी छ ।’

चीनले भने आफ्नो सैनिकले एलएसी पार गरेको खबरको खण्डन गरेको छ । 

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो देशको सेनाले वास्तविक नियन्त्रण रेखाको पालना गर्ने र चिनियाँ सेनाले अहिलेसम्म त्यो रेखालाई पार नही गरेको बताउनुभएको छ । 

गएको जुन महिनमा भारत र चिनियाँ सैनिकहरुबीच गलवान उपत्यकामा सङ्घर्ष हुँदा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको थियो । तर चीनले अहिलेसम्म पनि आफ्नो पक्षमा कति जना हताहत भएको भन्नेबारेमा जानकारी दिएको छैन । 

यो घटनापछि दुई देशबीच छलफल जारी छ तर तनाव भने अझै कायम छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया