भारतकाे दाबी : 'लद्दाख सीमा क्षेत्रमा चीनले १ हजार वर्ग किमी क्षेत्र कब्जा गर्‍याे'

 भदौ १६, २०७७ मंगलबार १३:२९:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच तनाव बढेको छ । चार दिनयता दुई देशका सैनिकबीच तनाव जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय भूमिमा आएका चीनका सैनिकलाई भगाउन सफल भएको स्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यमले दाबी गरेका छन् । तर चीनले भने भारतीय सैनिकले चिनियाँ भूमिमा पसेर गतिविधि गर्न थालेको भन्दै कडा विरोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत भारतको कदमको कडा शब्दमा विरोध गर्नुभएको बीबीसीले जनाएको छ । यसैबीच भारतले लद्दाखको वास्तविक सीमा नियन्त्रण रेखा (एलएसी) मा झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र चीनले कब्जा गरेको दाबी गरेको छ ।

'द हिन्दू' ले भारतीय जासुसी एजेन्सीको स्रोतलाई उल्लेख गरेर लद्दाखको दशदेखि १३ पेट्रोलियम बिन्दुदेखि देपसाङ प्लेन्ससम्म झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा भएको जनाएको छ ।

गएको जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा भारतका २० जना सैनिकको ज्यान गएको थियो । चीनले भने आफ्नो पक्षतर्फ कति हताहत भयो भन्नेबारेमा अझै जानकारी दिएको छैन । 

त्यसपछि सीमा क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशले पहल गरे पनि झडप भइरहेका छन् । 

साेमबार पनि भारतले चिनियाँ सैनिकहरुले पूर्वी लद्दाखमा सीमामा गरिएको सहमति उल्लङ्घन गरेको आरोप लगाएको थियाे । 

चिनियाँ सैनिकहरुले उक्साहट कदम उठाउँदै सीमाको अहिलेको स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर त्यसलाई आफ्नो सेनाले रोकेको भारतले दाबी गरेको थियाे ।  

भारतीय सेनाले प्रकाशित गरेको विज्ञप्तिमा भनेकाे थियाे, ‘भारतीय सैनिकहरुले प्योङयाङ त्सो पोखरीमा चिनियाँ सैनिकको उक्साहटलाई रोका छन् । भारतीय सेना संवादको माध्यमबाट शान्ति कायम गर्न र आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यो विवादलाई लिएर ब्रिगेड कमाण्डर स्तरमा बैठक जारी छ ।’

चीनले भने आफ्नो सैनिकले एलएसी पार गरेको खबरको खण्डन गरेको थियाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया