अष्ट्रेलियामा तीन दशकपछिकै पहिलाे आर्थिक मन्दी

 भदौ १७, २०७७ बुधबार १०:१७:५९ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसन

काठमाण्डौ – कोरोना भाइरसले अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धिलाई रोकेको छ ।

सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । यस्तै पहिलो तीन महिनामा ० दशमलव ३ प्रतिशतले गिरावट आएको थियो ।

अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो ।  लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो ।

यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया