चुनावअघि काेराेना खाेप दिने अमेरिकाकाे याेजना, वैज्ञानिकद्वारा चिन्ता व्यक्त

 भदौ १८, २०७७ बिहिबार १४:४८:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा राष्ट्रपतीय चुनावअघि मानिसहरुलाई काेराेना भाइरसकाे खाेप दिने याेजनाले चिन्ता थपिएकाे वैज्ञानिकहरुले बताएका छन् । अमेरिकामा आउँदाे नाेभेम्बर ३ मा चुनाव हुने तय भइसकेकाे हाे ।  

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले ५० राज्यका स्वास्थ्य अधिकारीहरुलाई नाेभेम्बर १ देखि खाेपकाे वितरणका लागि तयार रहन भनेकाे छ । 

न्युयाेर्क टाइम्सकाे रिपाेर्टअनुसार गएकाे २७ अगस्टमा पठाइएकाे तीन दस्तावेजमा अज्ञात खाेप वितरण गर्नकाे लागि विवरण दिइएकाे छ । 

दिशानिर्देशका अनुसार सबैभन्दा पहिलाे खाेप स्वास्थ्यकर्मीलाई, ६५ वर्षभन्दा माथिका उमेरका व्यक्ति र सङ्क्रमणकाे धेरै जाेखिममा रहेकाे समुदायलाई दिइनेछ । 

अमेरिकामा धेरै खाेपहरुकाे क्लिनिकल परीक्षण भइरहेकाे छ र केही खाेप परीक्षणकाे अन्तिम चरणमा रहेकाे बताइएकाे छ । 

अमेरिकाका वरिष्ठ सङ्क्रामक राेग विशेषज्ञ डाक्टर एन्थनी फाउची यदि खाेपकाे परिणाम अत्यधिक सकारात्मक भए परीक्षणअघि नै खाेप दिन सक्ने बताउनुभएकाे छ । 

तर अन्य वैज्ञानिकहरु भने सीडीसीकाे याे घाेषणापछि राजनीति रहेकाे बताउँछन् । उनीहरुले अमेरिकी चुनाव र खाेपकाे समयलाई लिएर चिन्ता व्यक्त गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया