न्युजिल्याण्डमा मे २८ पछि पहिलाे पटक काेराेनाबाट एक व्यक्तिकाे ज्यान गयाे

 भदौ १९, २०७७ शुक्रबार २०:३२:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार न्युजिल्याण्डमा मे महिनापछि काेभिड–१९ सङ्क्रमणका कारण पहिलाे पटक एक व्यक्तिकाे ज्यान गएकाे छ । 

न्युजिल्याण्डकाे स्वास्थ्य मन्त्रालयका अनुसार अकल्याण्डमा रहेकाे एक अस्पतालमा ५० वर्षमाथिका एक पुरुषकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे हाे । ज्यान गुमाउने पुरुषकाे केही दिनदेखि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ । 

न्युजिल्याण्डकाे सबैभन्दा ठूलाे शहर अकल्याण्डमा पछिल्लाे केही हप्तामा सयभन्दा धेरैमा सङ्क्रमण देखिएकाे छ । शुक्रबार पाँच नयाँ सङ्क्रमित थपिएका थिए । 

न्युजिल्याण्डकाे काेराेना भाइरस नियन्त्रणमा गरेकाे कामलाई लिएर विश्वभरि चर्चा भइरहेकाे छ । विश्वभर काेराेना भाइरसकाे सङ्क्रमण बढिरहँदा पनि न्युजिल्याण्डमा सयभन्दा धेरै दिनसम्म पनि सङ्क्रमण समुदायस्तरमा फैलिएकाे थिएन । 

बीबीसी न्युजका लागि सिडनीका संवाददाताका अनुसार न्युजिल्याण्डमा मे २८ यता काेराेना सङ्क्रमणका कारण पहिलाे व्यक्तिकाे ज्यान गएकाे हाे । संवाददाताका अनुसार काेराेना सङ्क्रमणका कारण न्युजिल्याण्डमा ज्यान गुमाउने यी युवा सबैभन्दा कम उमेरका हुन् । 

न्युजिल्याण्डका स्वास्थ्य अधिकारीहरुले आउँदा दिनमा केही अरु व्यक्तिकाे पनि ज्यान जान सक्ने आशङ्का व्यक्त गरेका छन् । 

पछिल्लाे केही हप्तामा सङ्क्रमण देखिन थालेपछि फेरि कडा प्रतिबन्ध लगाइएकाे थियाे । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले सङ्क्रमणलाई मध्यनजर गर्दै अकल्याण्डमा केही खुकुलाे लकडाउनकाे घाेषणा गर्नुभएकाे छ ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया