अवरुद्ध १० सडकखण्ड अझै सञ्चालन हुन सकेनन्, ९१ वटा एकतर्फी सञ्चालन

 भदौ २१, २०७७ आइतबार ८:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाढी र पहिरोका कारण अवरुद्ध १० सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् । ९१ सडकखण्ड भने एकतर्फी सञ्चालनमा छन् । 

यी सडकखण्ड सञ्चालनमा आउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार दश वटा सडकखण्डमा कतै सडक नै बगाएको छ, भने कतिपय ठाउँमा अझै पहिरो खसिरहेकाले सञ्चालनमा कठिनाइ भएको हो । 

सम्बन्धित सडक डिभिजन कार्यालयमार्फत् खुलाउने प्रयास भने भइरहेको उहाँले बताउनुभयो । साँफेबगर मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दागर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ । 

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । पहिरोका कारण बन्द भएको बेशी शहर चामे सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।


 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया