काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्याय...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिएका छन् ।
एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ । यस्तै एकैदिन १ हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० हजार ६ सय नाघेको छ ।
भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् । यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार सङ्क्रमित थपिँदा ७ सय ७ सङ्क्रमितको ज्यान गएको छ । योसँगै अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ ।
जसमध्ये १ लाख ९२ हजारको ज्यान गएको छ भने ३७ लाख ७ हजारभन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन् । ब्राजिलमा गएको २४ घण्टामा ३१ हजार नयाँ सङ्क्रमित थपिँदा ६ सय १९ जनाको ज्यान गएको छ । योसहित ब्राजिलमा कुल सङ्क्रमितको संख्या ४१ लाख २३ हजार नाघेको छ । विश्वभर भने हिजो एकैदिन २ लाख ६९ हजार कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
यसैबीच फ्रान्समा आउने १५ दिन कोरोना सङ्क्रमणको स्थिति गम्भीर हुन सक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियरवेरनले आउने १५ दिन आईसीयूमा भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै चेतावनी दिनुभएको हो ।
गएको केही दिनयता फ्रान्समा कोरोना सङ्क्रमितको संख्या लगातार बढ्दै गएको छ । फ्रान्समा कोराना सङ्क्रमितको सङ्ख्या ३ लाख ४७ हजार २ सय ६७ पुगेको छ भने ३० हजार ७ सय ३० जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।