बेलायतको बर्मिङ्घममा कैयौँ व्यक्तिमाथि चक्कु प्रहार, 'ठूलाे घटना' : प्रहरी

 भदौ २१, २०७७ आइतबार १३:१२:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतको बर्मिङ्घम सिटी सेन्टरमा 'कैयाैँ व्यक्ति' माथि चक्कु प्रहार भएको छ । स्थानीय प्रहरीले यसलाई ‘ठूलो घटना’ को संज्ञा दिएको छ । 

प्रहरीले कुनै आपराधिक घटनालाई ‘ठूलो घटना’ को संज्ञा दिनुको अर्थ गम्भीर क्षति भएको र आमनागरिकको सुरक्षामाथि खतरा रहेको बुझ्न सकिन्छ । यसका साथै प्रहरीले अत्यावश्यक व्यवस्था गर्छ र आपत्कालीन सेवालाई आफूसँग मिलेर काम गर्न आग्रह गर्छ । 

यो आक्रमण कसले गराएको र आक्रमणमा कति जना, कुन हदसम्म घाइते भए भन्ने कुरा अहिलेसम्म थाहा भइसकेको छैन ।  

वेस्ट मिडल्याण्ड प्रहरीले आइतबार रातको समयमा चक्कु प्रहारको घटनाको बारेमा जानकारी प्राप्त भएको जनाएको छ । प्रहरीका अनुसार ‘कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।’

प्रहरीले भनेको छ, ‘घटनामा कैयौँ व्यक्ति घाइते भएको खबर प्राप्त गरेका छौँ तर कति जना घाइते भए र कस्तो अवस्था छ भन्ने स्थितिमा हामी छैनौँ ।’

प्रहरीले घटनास्थलमा आपत्कालीन सेवाको प्रबन्ध गरिएको र घाइतेहरुको उपचार सुरु गरिएको जानकारी दिएको छ ।  

वेस्ट मिडल्याण्ड प्रहरीको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘खासमा के भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । त्यसपछि मात्र हामी कुनै कुराको पुष्टि गर्न सक्छौँ ।’

प्रहरीले स्थानीयहरुलाई ‘शान्त र सतर्क’ रहनको लागि आग्रह गरेको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया