२ महिने शिशुलाई कलेजाे दान गर्ने बुवाकाे जीवनमा आधारित गीत सार्वजनिक

 भदौ २१, २०७७ आइतबार १३:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई महिने शिशुलाई कलेजो दान गर्ने बुवा महेश अवस्थीको वास्तविक जीवनमा आधारित गीत 'जिन्दगी' सार्वजनिक भएको छ । 

बैतडीका पत्रकार महेश अवस्थीले नेपालमै पहिलो पटक दुई महिनाकाे शिशुलाई कलेजो दिएर बचाएपछि उहाँकै जिन्दगीमा आधारित गीत तयार पारिएको हो ।

गायक निशान भट्टराईको आवाज रहेको गीतमा गायिका तथा सङ्गीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ भने सङ्गीत संयोजन महाराज थापाले गर्नुभएको छ । 

सिवांश (शिशु) जन्मेको १४ औँ दिनदेखि कलेजोमा खराबी आएपछि त्रिवि शिक्षण अस्पताल काठमाण्डाैकाे एक महिना बढी सघन उपचार कक्ष (आईसीयू) को उपचारपछि पनि निको नभएपछि भारतको चेन्नई रेफर गरिएको थियो । 

चेन्नईको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले शिशुलाई 'कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको' समाचार निकै चर्चामा आएको थियो । 

घटनाको बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल गरेकी हुन् ।  

सापकोटा भन्छिन्, ‘महेश, गीता दम्पतीले सन्तान प्राप्तिको लागि गरेको सङ्घर्ष निकै कहालीलाग्दो छ, त्यही वास्तविकतालाई मैले आफै शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ ।’

‘समाजमा छोराछोरीप्रति धेरै विकृति सुन्न/हेर्न सकिन्छ । तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाई यो गीतबाट झल्काउन खोजेकी छु’, उहाँले भन्नुभयो ।

याे गीतकाे निर्देशन तथा छायाङ्कन राज वाइबाले गरेका हुन् ।  

यस्ताे छ गीत–

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया