वीर अस्पताल अब कोभिड १९ अस्पताल

 भदौ २१, २०७७ आइतबार १७:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया