आईपीएलको तालिका सार्वजनिक, १९ सेप्टेम्बरमा चेन्नई र मुम्बई इण्डियन्सबीच पहिलो खेल

 भदौ २१, २०७७ आइतबार १८:३३:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खलाको तालिका सार्वजनिक गरेको छ ।

आईपीएलको पहिलो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्सले १९ सेप्टेम्बरमा आबुधाबीमा खेल्नेछन् । 

यस पटकको आईपीएल कोरोना महामारीको कारण भारतबाट हजारौँ किलोमिटर टाढा संयुक्त अरब इमिरेट्स् (यूएई) मा हुँदैछ । यसअघि सन् २०१४ मा पनि आईपीएलको पहिलो चरणको खेल यूएईमा भएको थियो । 

लिगको सबै खेल ३ नोभेम्बरसम्म हुनेछ । 

यसअघि आईपीएल अप्रिल र मे महिनामा हुनुपर्ने थियो तर कोरोनाका कारण पछि सार्नुपरेको थियो । आईपीएल १३ यसअघि २९ मार्चदेखि सुरु हुने तय भएको थियो । 

लिगको सबै खेल शारजाह, आबुधाबी र दुबईमा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया