रुसमा बनेको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण हुने

 भदौ २३, २०७७ मंगलबार ६:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । 

स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् । 

रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको बताउनु भएको हो ।

यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।

 यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिनुभयो । कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेकोे घोषणा गरेको थियो ।


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया