चिनियाँ राष्ट्रपति सीद्वारा काेराेनाविरुद्धकाे लडाइँका मोडेलहरुको प्रशंसा

 भदौ २३, २०७७ मंगलबार २०:२४:२५ | रासस
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारीविरुद्ध चीनले अपनाएको लडाइँका मोडेलहरुको प्रशंसा गर्नुभएको छ । बेइजिङमा रहेको ‘ग्रेट हल अफ द पिपल’ मा बोलाइएको एक सभालाई मङ्गलबार बिहान सम्बोधन गर्दै उहाँले कोभिड–१९ महामारीविरुद्ध चीनले अपनाएको लडाइँका मोडेलहरुको प्रशंसा गर्नुभएको हो ।

चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएको वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण सुरु भएको थियो । त्यसपछि अहिलेसम्म यस प्रकोपका कारण विश्वभरि आठ लाख ९६ हजार नौ सय २६ जनाको ज्यान गएको र दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यस्तै विश्वमा एक करोड ९५ लाख ९२ हजार २ सय ८० कोरोना  सङ्क्रमित भने निको भइसकेका छन् ।

चीनले यस महामारीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । यसअघि चीनमा ८५ हजार एक सय ४४ जना कोरोना सङ्क्रमित भएकामा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । ८० हजार तीन सय ३५ जना भने कोरोनामुक्त भएका छन् । अहिले चीनमा एक सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया