लद्दाखमा चिनियाँ सेनाले पहिला गोली चलायाे : भारत

 भदौ २३, २०७७ मंगलबार २०:४१:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय सेनाले लद्दाखकाे सीमा क्षेत्रमा नियन्त्रण रेखा उल्लङ्घन गरेकाे चिनियाँ आराेपकाे भारतले खण्डन गरेको छ ।

हिमाली क्षेत्रमा रहेको यो सीमामा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली चलाएकाे भारतले दाबी गरेको छ ।  प्रतिक्रिया स्वरूप आफ्ना सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकले हावामा गोली चलाएकाे भारतको दाबी छ ।

साेमबार राति चिनियाँ सेनाले भारतीय सैनिकले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो । विश्लेषकका अनुसार सन् १९७५ पछि सीमामा गोली चलेको यो पहिलो पटक हो । 

गएकाे जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिककाे ज्यान गएकाे थियो । त्याे घटनामा आफूतर्फ कति सैनिक हताहत भए भन्नेबारे चीनले अहिलेसम्म मुख खाेलेका छैन ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया