क्यालिफोर्नियामा डढेलो फैलदै

 भदौ २४, २०७७ बुधबार ९:५३:४३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलोबाट आठ जनाको ज्यान गैसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ ।

डढेलोका कारण ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति भैसकेको बीबीसीले जनाएको छ । एउटै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक भएकाे विभागले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको बताएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका जलवायुविज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।

यस्तै २२ वटा काउण्टीमा बिजुली काटिएको छ । त्यहाँ एक लाख ७० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । डढेलो धेरै लागेको कतिपय ठाउँमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया