वैशाखयता बाढी, पहिराे र चट्याङबाट ३४६ जनाको ज्यान गयो, ८५ जना बेपत्ता

 भदौ २५, २०७७ बिहीबार १३:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ । 

गएकाे २४ घण्टामा विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् । पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ काे भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् । यस्तै चार जना घाइते छन् । 

बाग्लुङकाे ताराखोला गाउँपालिका ३ काे सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो । गएको वैशाख १ गतेयता पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९,  चट्याङका कारण ५७ जना गरी तीन सय ४६ जनाको ज्यान गएको छ । 

यस्तै यो अवधिमा बाढी पहिरोमा परेर ८५ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार यस अवधिमा विपदमा परेर तीन सय ९७ जना घाइते भएका छन् । 

 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया