निषेधाज्ञा खुकुलो भएसँगै काठमाण्डौ उपत्यकामा देखिएकाे चहलपहल

 भदौ २५, २०७७ बिहीबार १४:४५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निषेधाज्ञा खुकुलो भएसँगै काठमाण्डौ उपत्यकामा चहलपहल बढेको छ । गएको भदाै १ गतेदेखिको निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको हो । सडकमा गाडीको सङ्ख्या बढेको छ ।

बिहीबारदेखि उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक र निजी गाडी चलिरहेका छन् । यस्तै निषेधाज्ञा खुकुलाे भएपछि मुख्य शहर बजारमा मानिसको ओहोरदोहोर पनि बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार, पसल खुल्न थालेका छन् ।

बिहीबारदेखि दैनिक उपभोग्य वस्तुका पसल बिहान ११ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म खोल्न पाइन्छ । भाँडा र भान्साको सामग्रीका कारोबार हुने पसल भने आइतबार, मङ्गलबार र शुक्रबार मात्रै खोल्न पाइने छ ।

यस्तै, शपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता र कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइन्छ । तर पसल खोल्ने तालिका र बार थाहा नहुँदा बिहीबार पनि धेरै फेन्सी तथा कपडाका पसल खुलेका छन् ।

काठमाण्डौको न्युरोडका फेन्सी पसल खुलेपछि सुरक्षाकर्मीले सम्झाइ बुझाइ गरी बन्द गर्न लगाएको छ । प्रहरीले बजार पसल खोल्नुअघि तालिकाबारे जानकारी राख्न आग्रह गरेको छ ।

तस्बिर : विकास तामाङ

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया