बिरामीकाे शल्यक्रिया गर्नुपर्ने भए पीसीआर रिपाेर्ट पर्खिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

 भदौ २५, २०७७ बिहीबार १७:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले उपचारमा ढिलाइ गर्दा बिरामीको ज्यान गए कानुनअनुसार कारबाही हुने जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पीसीआर रिपोर्ट नहुँदा पछिल्ला केही दिनमा इमर्जेन्सीमा अस्पताल पुगेका बिरामीले उपचार नपाउने गुनासा बढेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न अस्पताल तथा अस्पताल प्रमुख र डाक्टरलाई निर्देशन दिनुभयो । 

उहाँले बिरामीको तत्काल शल्यक्रिया गर्नुपर्ने भए पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गरी रिपोर्ट नपर्खिन स्वास्थ्य मापदण्ड पालना गरी उपचार थाल्न निर्देशन दिनुभएको हो । 

प्रवक्ता गाैतमले यो निर्देशन अस्पतालका सबै स्वास्थ्यकर्मीमा सर्कुलर गर्न पनि आग्रह गर्नुभएकाे छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया