धरहराको चौधौँ तलाको काम सकियो, टावरको काम ६५ प्रतिशत पूरा

 भदौ २५, २०७७ बिहीबार १७:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धरहराको चौधौँ तलाको काम सकिएको छ । चौधौँ तलाको भुइँ ढलानको काम बिहीबार सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

चौधौँ तलाको (सियर वाल) अर्थात् गोलो गाराेकाे ढलान भने गएको शनिबार सकिएको थियो । देशव्यापी रुपमा लगाइएकाे लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ ।

निषेधाज्ञाको बेलामा पनि निर्माण सामग्रीको अभाव नभएकाले काम धमाधम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनु भएका राजुमान मानन्धरले जानकारी दिनुभयो ।

हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहरामा टावर निर्माणको काममध्ये ६५ प्रतिशत सकिएको छ । समग्र धरहरा पुनर्निर्माणको काम भने झण्डै ४२ प्रतिशत भइसकेको छ ।

लकडाउन खुलेपछि धरहरा पुनर्निर्माणमा झण्डै डेढ सय कामदारले नियमित काम गर्दै आएका छन् । गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार घर गएका थिए । तर काठमाण्डौमा लकडाउन खुकुलो भएपछि कामदारलाई ल्याइएको थियो । उनीहरुको कोरोना परीक्षण गरी काममा खटाइएको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया