अमेरिकी चुनावलाई लक्षित गरी ह्याकरहरु सक्रिय : माइक्रोसफ्ट

 भदौ २६, २०७७ शुक्रबार ६:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माइक्रोसफ्टले अमेरिकाको आउँदो राष्ट्रपति चुनावलाई लक्षित गरेर ह्याकरहरु सक्रिय भएको बताएको छ ।

रुस, चीन र इरानसँगको सम्बन्धमा रहेका ह्याकरहरुले सन् २०२० मा हुने राष्ट्रपति चुनावमा सामेल भएका व्यक्ति र समूहहरुमा हस्तक्षेप गर्ने कोशिस गरिरहेका माइक्रोसफ्टका टेक फर्मले बताएका बीबीसीले जनाएको छ ।

 सन् २०१६ को चुनावमा डेमोक्रेटिक अभियान चलाएर ह्याकरहरुले चुनावलाई लक्षित गरी आफ्ना गतिविधि अघि बढाएका खबरमा उल्लेख छ । राष्ट्रपतिको दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बिडेन ह्याकरहरुको निशानामा रहेका पनि माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले विज्ञप्ति निकालेर रुसी ह्याकरहरुको समूहले दुई सयभन्दा धेरै संगठनलाई लक्षित गरेका र त्यसमध्ये अमेरिकी राजनीतिक दल पनि रहेका बताएको बीबीसीले जनाएको छ । त्यो समूहले बेलायती राजनीतिक दलहरुलाई पनि निशाना बनाएको खबरमा उल्लेख छ ।

माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले ह्याकरहरुले नागरिकहरुको खातामा प्रवेश गरेर पहुँच बनाउने काम गरिरहेका भन्दै समयमै नरोकेमा यसले अमेरिकी चुनावमा समस्या ल्याउने बताउनुभएको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया