पहिराे खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द

 भदौ २६, २०७७ शुक्रबार ९:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिराे खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द भएको छ । 

चितवनको कालीखोलामा पहिरो खसेपछि बिहानैदेखि सडक बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्दपछि सयौँ गाडी रोकिएका छन् । 

ठूलो पहिरो झरेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । वर्षौँदेखि पहिरोका कारण प्रभावित हुँदै आएको यो सडक एसियाली विकास बैंकको सहयोगमा विस्तार भइसकेको छ । तर पनि पहिरोले दु:ख दिन छाडेको छैन ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया