नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा काेराेना सङ्क्रमण

 भदौ २६, २०७७ शुक्रबार १६:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाै सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एकैदिन काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।

पछिल्लाे २४ घण्टामा १० हजार सात सय एक जनाकाे पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो ।  गएको २४ घण्टामा नाै सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।  

अब नेपालमा १४ हजार नाै सय २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ । 

यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा  पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया