काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्याय...
माघ ३०, २०८१ बुधबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्थानीय खाद्यवस्तु खरिद गरेर बेच्ने भएको छ । गाउँका उत्पादन बेच्नको लागि गाउँपालिकाले बुटवलको ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ ।
गाउँपालिकाले तितौरा, गुन्द्रुक, मुलाको चाना, बेसार, कोदो, बोडी, मकै, भटमास र गहतको दाल खरिद गर्नेछ । यसको लागि गाउँपालिकाले आफ्ना उत्पादनहरु सङ्कलन केन्द्रसम्म पुर्याउन सूचना जारी गरेको छ ।
गाउँपालिकाले तितौरा तीन सय ८० रुपैयाँ किलो, गुन्द्रुक चार सय रुपैयाँ किलो, मुलाको चाना ६० रुपैयाँ, बेसार दुई सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ किलो, बोडीको दाल एक सय ५० रुपैयाँ किलोमा खरिद गर्ने भएको छ । यस्तै मकै ४०, भटमास ७० र गहत ९० रुपैयाँमा किन्ने गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।
गाउँमा बारी बाँझो रहने र युवाहरु बेरोजगार हुने समस्याको समाधानको लागि यस्तो निर्णय गरिएको पोखरेलको भनाइ छ । बारीको मकै भित्र्याइसकेकाे र मुला लगाउने बेला भएकाले किसानलाई प्रोत्साहन गर्न यस्तो घोषणा भएको उहाँले बताउनुभयो । किसानका उत्पादन खरिद गरेर बिक्री गर्न गाउँपालिकाले पिक–अप जीप पनि खरिद गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।