भारतीय मिडिया स्वतन्त्र पहिचान गुमाउँदै, छापियाे 'शाेक सन्देश'

 भदौ २६, २०७७ शुक्रबार १९:१:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पटक–पटक आलाेचित हुँदै आएकाे मूलधारका भारतीय मिडियाकाे शैलीप्रति फेरि एक पटक प्रश्न उठेकाे छ । केही महिनायता अभिनेता सुशान्त सिंह राजपूतकाे निधनपछि बहुसङ्ख्यक मिडियाले यही विषयलाई हेडलाइन बनाएका छन् । 

मिडियाकाे यही रवैयाप्रति फेरि एक पटक खुलेर आलाेचना भएकाे हाे । भारतकाे अङ्ग्रेजी संस्करणकाे अखबार 'द हिन्दू' ले भारतमा स्वतन्त्र मिडियाकाे अवसान भएकाे भन्दै समवेदना छापेकाे छ । 'स्वतन्त्रताकी छाेरी एवं सत्यकाे पत्नी मिडियाको अवसान भएकाेमा परिवार र साथीकाे तर्फबाट समवेदना प्रकट गरिएकाे छ', सन्देशमा भनिएकाे छ ।

विशेषगरी सुशान्त सिंह प्रकरणमा मिडिया पूर्वाग्रही भएकाे र न्यायालयकाे काम चलिरहँदा एकतर्फी समाचार प्रकाशन र प्रसारण भएकाे प्रति एम्नेस्टी इण्डिया ले पनि ध्यानाकर्षण भएकाे जनाइसकेकाे छ ।      

सुशान्त प्रकरणमै केही मिडियाले रिया चक्रवर्ती दाेषी साबित भइसकेकाे जसरी समाचार सम्प्रेषण गरिरहेकाे र अपमानित गरिरहेकाे भन्दै आलाेचना भइरहेकाे छ । 

भारतमा गरिबी, काेराेना महामारीले अर्थतन्त्रमा निम्त्याएकाे कहर, चीनसँगकाे सीमा विवादलगायत कैयाैँ विषय हुँदा पनि मिडिया सत्तापक्षकाे भजन गाउन, आमनागरिकका चासाेबाहिरका र कुनै स्वार्थ राखेर प्रस्तुत भएकाे भन्दै आलाेचना हुँदै आएकाे छ । 

अधिकांश मिडिया यस्तै विषयमा अल्झिँदा औँलामा गन्न सकिने केही मिडिया ओझेलमा पर्ने गरेका छन् ।  

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना महामारीका कारण भारत अहिले विश्वकाे सबैभन्दा प्रभावित देशकाे दाेस्राे स्थानमा छ । भारतमा ४५ लाखभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भइसकेकाे छ भने ७६ हजारभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।

सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणकाे जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाकाे लेनदेनकाे विषयमा ईडी, मृत्युकाे विषयमा सीबीआई र लागुऔषधसँग जाेडिएकाे मामिलाकाे जाँच एनसीबीले गरिरहेकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नेपालले आफ्नै देशको हालत को बारेमा बताए अझै राम्रो

    Sept. 12, 2020, 7:44 a.m.

    नेपाली मिडियाले हाम्रो देशको दयनीय हालत नछापेर अरुको गलती ,कमजोरी मात्रै किन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया