सम्बन्ध सुधार गर्न इजरायल र बहराइनबीच सहमति

एक महिनाभित्र शान्ति सम्झौता गर्ने तयारी

 भदौ २७, २०७७ शनिबार ६:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इजरायल र बहराइनबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक सम्झौता गर्ने सहमति भएको  छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको एक महिनाभित्र दुई देशबीच शान्ति सम्झौता हुने दाबी गर्नु भएको छ ।

प्यालेस्टाइनसँगको विवादका कारण अरबका धेरैजसो देशले इजरायललाई बहिष्कार गर्दै आएका छन् । तर अब विवादलाई सुल्झाउँदै शान्ति  सम्झौता गर्ने सहमति बनेको हो । 

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले सम्बन्ध सुधारका लागि अर्को एउटा देशसँग सम्झौता भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ । 

उहाँले यो सम्झौता एक नयाँ युग र शान्ति तथा अर्थव्यवस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण भएको बताउनु भएको छ । 

यसअघि संयुक्त अरब इमिरेट्स यूएईले इजरायलसँग सम्बन्ध सुधारका लागि सहमति गरेको थियो ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया