काठमाण्डौ र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने, यी ठाउँमा बिजुली आउँदैन

 भदौ २७, २०७७ शनिबार ७:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज काठमाण्डौ र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको हो । 

आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली आउने छैन् । 

स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा विद्युत अवरुद्ध हुने भएको छ । त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म  धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रहरुका लाइन अवरुद्ध हुने भएको छ ।

बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न  बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ । 

विद्युत् मर्मतका लागि भन्दै शुक्रबार पनि विभिन्न ठाउँमा बिजुली काटिएको थियो ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया