गएको २४ घण्टामा १ हजार २ सय १ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको ज्यान गयो

 भदौ २७, २०७७ शनिबार १६:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा १ हजार २ सय १ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

१० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १ हजार २ सय १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

आज नेपालमा १५ हजार २ सय ६० जना सक्रिय सङ्क्रमित छन् । यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ३६ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया