अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ

 भदौ २७, २०७७ शनिबार १८:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले इन्टरनेटको दुरुपयोगबाट बालबालिका ‘डिजिटल दुर्व्यसनी’ मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आवश्यक ऐन, कानून र निर्देशिका बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले गरेको ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो ।

उहाँले कोभिड–१९ को बहानामा विद्यार्थीको एक शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया