पर्सामा काेराेना सङ्क्रमण जितेकाले सङ्क्रमितलाई परामर्श दिँदै

 भदौ २८, २०७७ आइतबार ७:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - पर्सामा कोरोना सङ्क्रमण जितेकाहरुले अरु सङ्क्रमितको घर-घरमै पुगेर आवश्यक परामर्श दिन सुरु गरेका छन् । 

होम आइसोलेशनमा बसेका सङ्क्रमितको घर-घरमै पुगेर हौसला बढाउनुका साथै वरपरका छिमेकीलाई पनि सङ्क्रमितलाई सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् । 

हिजो वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका सङ्क्रमितको घरैमा पुगेर अभियानको सुरुवात गरिएको छ । कोरोना सङ्क्रमितलाई समाजमा पुनर्स्थापना गर्न चुनौती देखिएको र लक्षण नदेखिएकाहरुलाई पनि होम आइसोलेशनमै बस्न असहज भइरहेको अवस्थामा सहज बनाउन पहल थालिएको हो । 

कोरोना सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सङ्क्रमितको घर वरपरका छिमेकीलाई पनि सचेत गराइएको छ । कोभिड सङक्रमणबाट मुक्त भएकाहरुले स्थापना गरेको कोभिड वारियर्स नामक संस्थाको पहलमा सङ्क्रमितहरुको घर-घरमै पुगेर हौसला बढाउने अभियान सुरु भएको हो । 

कोभिड वारियर्सले सङ्क्रमितहरुलाई हौसला बढाउनुका साथै टोल छिमेकमा कोभिड सङ्क्रमितलाई हेर्ने दृष्टिकोण बदल्न सचेतना फैलाउने काम गर्ने छ । अभियानको सुरुवात गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सङ्क्रमण जितेकाहरुले सुरु गरेको यो अभियान पृथक र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

हरेक दिन होम आइसोलेशनमा बसेका सङ्क्रमितको घर-घरमा पुगेर उनीहरुलाई हौसला दिनुका साथै गाउँ/समाजलाई पनि यसबारे चेतना जगाउँदै हिँड्ने अभियानलाई सार्थक बनाउन पनि उहाँले आग्रह गर्नुभयो । कोभिड जितेकाहरुले सङ्क्रमितलाई घर-घरमै पुगेर परामर्श दिने तथा प्लाज्मा सहयोग गर्ने अभियानको सबैले प्रशंसा गरेका छन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया