काठमाण्डाैमा ४८३ सहित उपत्यकामा थपिए ५९७ सङ्क्रमित

 भदौ २८, २०७७ आइतबार १७:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा पाँच सय ९७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैमा चार सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना काेराेनाका सङ्क्रमित थपिएका छन् । 

आइतबार काठमाण्डाैमा उपत्यकामा पाँच सय ९७ सहित देशैभर एक हजार ३९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया