काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्याय...
माघ ३०, २०८१ बुधबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको छ । शनिबार राति परेको पहिरोमा २० जना बेपत्ता छन् । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घाइते तीन जनाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सिन्धुपाल्चोकमा गएको जेठ अन्त्यदेखि सुरु भएको मनसुनपछि लगातार बाढी पहिरो गइरहेको छ । भूकम्पले जमिनमा धाँजा फाटेको र थिलथिलो भएकाले मनसुनमा क्षति बढी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, गोरखा, रसुवा, दोलखा, धादिङसहित १४ जिल्ला बढी प्रभावित भएका थिए । भू-गर्वका विज्ञ तारानिधि भट्टराईले बाढीपहिरोको जोखिमबारे अध्ययन नहुँदा हरेक वर्ष क्षति बढ्दै गएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।