अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – कीर्तिपुरमा घरबेटीले कुटेर घाइते भएका डेरावाल शम्भु चौधरीको ज्यान गएपछि विवाद बढ्दै गएको छ । चौधरीका आफन्तले शव बुझ्न मानेका छैनन् । कुटपीट गर्नेमाथि कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
भारत घर भएका ४४ वर्षका शम्भु केही समययता कीर्तिपुरमा बस्दै आउनुभएको थियो । कोरोना भाइरस र लकडाउनका कारण उहाँले आफू बस्दै आएको घरको भाडा तिर्न सक्नुभएको थिएन । यही विषयमा घरबेटीसँग झगडा पर्दै आएको चौधरीका आफन्तले बताएका छन । शुक्रबार यही विषयलाई लिएर घरबेटी प्रेमलाल महर्जन र चौधरीबीच विवाद भयो ।
विवादका क्रममा महर्जनले काठको आग्लोले चौधरीलाई हानेपछि चौधरीको उपचारको क्रममा ज्यान गएको हो । यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चौधरीका परिवार र आफन्तले यो झगडा भाडा दिन नसकेका कारण भएको भनेका छन् । तर महर्जनले पानीको विषयमा झगडा हुँदा यो घटना भएको बयान दिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा पानीको विषयमा नै झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ । अहिले घटनाको विषयमा प्रहरीले प्रेमलालसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनाबारे जानकारी हुने बित्तिक्कै प्रेमकृष्ण महर्जनलाई प्रहरीले त्यही दिन पक्राउ गरेको हो । उनका छोराहरु परमेश्वर र प्रमोदलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
राठौर भन्नुहुन्छ ‘अहिलेसम्मको अनुसन्धानमा पानी थाप्ने विषयमा झडप भएको देखिन्छ । त्यही क्रममा प्रेमले शम्भुलाई ढोकामा लगाउने काठको आग्लोले हिर्काउँदा घाइते भएका र गम्भीर घाइते उहाँको उपचारको क्रममा २ घण्टापछि ज्यान गएको पाइएको छ । घटना अहिले अनुसन्धानकै क्रममा रहेको छ । धेरै कुराहरु खुलिसकेको छैन ।’
भारतको चम्पारण घर भएका ४२ वर्षीय शम्भु नेपालमै बसेको लामो समय भइसकेको थियो । सुरुमा उहाँ बारामा बस्नुभएको र त्यही रहँदा मिरासँग विवाह भएपछि कीर्तिपुर आउनुभएको थियो । पछिल्लो समय शम्भु र मिरा परिवारसहित कीर्तिपुर बस्दै आउनुभएको थियो ।
उहाँले कहिले सहचालक त कहिले फलफुल बेचेर तीन छोरासहितको परिवार चलाउँदै आउनुभएको थियो । अहिले चौधरीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको कीर्तिपुर प्रहरीले जनाएको छ । घरबेटी र पीडितबीच सहमति हुन नसकेकाले अहिलेसम्म शव उठाइएको छैन । शम्भुकी श्रीमती मिराले प्रेमकृष्णको सबै परिवारलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।