सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

 भदौ २९, २०७७ सोमबार ११:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ । 

घुम्थाङ भीरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिनुभयो ।

 योसँगै ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिबार राति गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । 

पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई टेन्टमा राखिएको छ । पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य भइरहेको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया