अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
खोटाङ - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अज्ञात रोगले बाख्रा मर्न थालेका छन् ।
सुरुमा घाँस खाँदाखाँदै छेर्ने, झोक्राउँने जस्ता लक्षण देखिने र बिरामी भएको ४/५ दिनभित्रमा बाख्रा मर्न थालेपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका किसान चिन्तामा परेका छन् ।
व्यावसायीक रुपमा पालिएका बाख्रा खोर नै रित्तो हुनेगरी मर्न थालेपछि घाटा लागेको सुनगाभा कृषि तथा बाख्रा फर्मका दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँका २४ वटामध्ये २१ वटा बोयर जातका र स्थानीय जातको बाख्रा मरेका छन् । असारपछि याम्खामा सय वटाभन्दा बढी बाख्रा मरेको वडा कार्यालयले जनाएको छ ।
तर बाख्रामा लागेको रोगको पहिचान भएको छैन । रोग पहिचान र उपचारमा समस्या भएको गाउँपालिकाका भेटेनरी संयोजक प्रेम राईले बताउनुभयो ।
उपचार र औषधिका लागि गाउँपालिकाको सम्पर्कमा आएका किसानलाई दिक्तेलबाट औषधि खरिद गरेर बाख्राको उपचार गर्न सुझाव दिइएको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।