मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड बन्द

 भदौ २९, २०७७ सोमबार १५:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्माणाधीन मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विभिन्न ठाउँमा गएकाे पहिरोका कारण बन्द भएको छ ।

सडकखण्डको कुश्मा नगरपालिका ८ चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा बन्द भएको हो । आइतबार पनि पहिरो खसेर बन्द भएकाे सडक बेलुका मात्रै एकतर्फी सञ्चालन भएको थियो ।

साेमबार सहस्रधारामा सडक माथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ । सडक बन्द भएपछि गाडी र यात्रु सडकमा नै अलपत्र परेका छन् । पहिरो खसिरहेका कारण सर्वसाधारणले हिँडेर समेत वारपार गर्न पाएका छैनन् ।

सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरणको प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेका कारण तत्काल काम सुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताउनुभयो ।

चुवा, दोविल्ला लगायतका ठाउँमा भने सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइएका कारण गाडीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया